अब माओवादी सरकार खोज्दै हिँड्दैन : प्रचण्ड

नेपालभ्युज

अब माओवादी सरकार खोज्दै हिँड्दैन : प्रचण्ड
  फाइल तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् ।

उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए । पार्टीभित्रका असन्तुष्टिहरूलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पारे ।

प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफैँ मेची–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे ।

सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनी बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved