काठमाडौं । गुगलले ईसेवालाई प्ले स्टोरबाट हटाएको छ । यति बेला प्ले स्टोरमा ईसेवा एप खोज्ने हो भने भेटिँदैन । प्लेस्टोरबाट ईसेवा एप हराएसँगै प्रयोगकर्तामा एक प्रकारको तरङ्ग मच्चिएको छ ।
ईसेवामा धेरै समस्याको रिपोर्टपश्चात् सुरक्षा कमजोरीको कारण गुगलले हटाएको हुन सक्ने धेरैले आशंका गरेका छन् । ईसेवाको मोबाइल वालेटमा सुरक्षा जोखिम रहेको देखिएको छ ।
सुरक्षा खतरा भनेर प्रमाणित भइसकेपछि इसेवाको एप मोबाइलमा राख्न नहुने आइटी सुरक्षाविज्ञरुको तर्क छ ।
ईसेवाले भने आफ्नो आधिकारिक फेसबुक पेजबाट ईसेवा प्रा.लि.बाट ईसेवा लिमिटेडमा परिणत भएको विवरण गुगल प्ले स्टोर र डन्स (डाटा युनिभर्सल नम्बरिङ सिस्टम)मा अप्लोड गर्ने काम भइरहेको कारण अस्थाई रूपमा प्लेस्टोरबाट हटाइएको भनी बताएको छ ।
डाउनलोड भइसकेका ईसेवा एपहरू सुरक्षित रहेको र त्यहाँबाट गरिने कारोबार पनि सुरक्षित रहेको ईसेवाले जनाएको छ । यद्यपि, ईसेवा प्रयोगकर्ताहरूले कारोबार र भुक्तानीमा विभिन्न समस्या आइरहेको बताएका छन् ।
किन अड्किन्छ इसेवामा पैसा, के भन्छ राष्ट्र बैंक ?
Facebook Comment
Comment