एसइईको पुरक परीक्षा आजदेखि, २ लाख १० हजार परीक्षार्थीले जाँच दिने

नेपालभ्युज

एसइईको पुरक परीक्षा आजदेखि, २ लाख १० हजार परीक्षार्थीले जाँच दिने

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा आजदेखि शुरु हुँदैछ ।

यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी हुनेछन् ।

देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।

यसवर्ष एसइईमा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । परीक्षामा दुई लाख ४२ हजार फेल भएपनि दुई लाख १० हजारले मात्रै फारम भरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved