काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका ६ जना सहसचिवको सरुवा गरिएको छ । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
हाल मन्त्रालयको ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई महानिर्देशकका रुपमा विद्युत विकास विभागमा पठाइएको छ । विभागमा हाल महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा ल्याइएको छ ।
यस्तै सहसचिव चिरञ्जीवि चटौतलाई ऊर्जा नीति महाशाखामा र मधु भेटुवाललाई बूढीकीगण्डकी जलविद्युत् आयोजनाको जिम्मेवारी दिइएको छ ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सन्तोष कैनीलाई सिँचाइ विभागको उपमहानिर्देशको जिम्मेवारी दिंदा कैनीको ठाउँमा सहसचिव दिनेश रौजरिया पुगेका छन् ।
Facebook Comment
Comment