श्रावणको तेस्रो सोमबार : कुम्भेश्वर महादेवमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

श्रावणको तेस्रो सोमबार : कुम्भेश्वर महादेवमा दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

ललितपुर। पाटनको कुम्भेश्वर महादेव मन्दिरमा साउनको तेस्रो सोमबार हिन्दु धर्मावलम्बीको घुइँचो लागेको छ। हिन्दु धर्मावलम्बीहरू साउन महिनालाई भगवान् शिवको प्रिय महिना र सोमबारलाई प्रिय बार  मान्दछन्। साउन महिनाको सोमबार हिन्दु धर्मावलम्बीहरू (विशेष गरी महिला) विभिन्न शिवालयमा भगवान् शिवको पूजा आराधना गर्न जाने गर्दछन्।

ललितपुरको पाटनमा अवस्थित कुम्भेश्वर महादेव मन्दिर, नेपालको प्राचीन मन्दिरहरूमध्ये एक हो। यसको निर्माण मल्ल राजा जयस्थिति मल्लले सन् १३९२ गरेका थिए। कुम्भेश्वरमा  प्रत्येक वर्ष श्रावण पूर्णिमा अर्थात् जनपूर्णिमामा ठुलो मेला लाग्ने गर्दछ, जसलाई कुम्भ मेला पनि भनिन्छ। यही कारण कुम्भेश्वर महादेव नामाकरण गरिएको इतिहासमा उल्लेख छ। यो मन्दिर प्यागोडा शैलीमा पाँच तले संरचनामा बनेको छ।

मन्दिर परिसरमा रहेको तालमा गोसाईंकुण्डबाट पानी आउने विश्वास गरिन्छ। गोसाईंकुण्ड जान नसक्नेहरू यही तालमा आएर स्नान गर्ने गर्दछन्। यहाँ रहेको तालमा स्नान गर्नाले पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।

तस्वीरहरु :-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved