अवरुद्ध घोराही सडक पाँच घण्टापछि खुल्यो 

नेपालभ्युज

अवरुद्ध घोराही सडक पाँच घण्टापछि खुल्यो 

दाङ । टिपरको ठक्करबाट मृत्यु भएपछि अवरुद्ध गरेको तुलसीपुर–घोराही सडक पाँच घण्टापछि खुलेको छ । टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए ।

शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही–१५ का ३९ वर्षीय गम्भीर घाइते भएका थिए । घाइतेको शनिबार बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बिहान ११ बजे मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरुद्ध सडक खुलाउने सहमति भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved