हिजो राजाका कारण प्रगति भएन भन्नेहरु आज ब्रम्हलुटमा मस्त छन् : कमल थापा

नेपालभ्युज

हिजो राजाका कारण प्रगति भएन भन्नेहरु आज ब्रम्हलुटमा मस्त छन् : कमल थापा

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाका कारण प्रगति भएन भन्नेहरु आज ब्रम्हलुटमा मस्त रहेको बताएका छन् ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारिपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरु आज सर्वसत्तावादी भएर प्रकट भएको बताए ।

राप्रपा नेपाल परिवर्तनको विरोधि शक्ति नभएको परिवर्तन पक्षधर नै भएको तर, निरन्तरतासहितको परिवर्तन जरुरी भएको थापाको भनाइ छ ।

विदेशिहरुले राजनीतिक दलहरुलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै उनले राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाको लागि राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved