काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाँउ आउनुपरेको बताएका छन् ।
ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउदा बिकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाँउ आउनुपरेको बताएका हुन् ।
उनले इतिहासको कठिन मोडमा कांग्रेस–एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अव मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे ।
अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगाएतका बिषयलाइ सहज ढंगले अघि बढाइने उनको धारणा छ ।
नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस–एमालेले अग्रसरता लिएपनि सबै राजनीतिक दलहरुलाई एकसाथ लिएर जाने उनले बताए ।
Facebook Comment
Comment