नाटक ‘मिरर’ : परम्परा र आधुनिकताको संघर्षमा हराएको एउटा सपना (तस्वीरहरू)

नाटक ‘मिरर’ : परम्परा र आधुनिकताको संघर्षमा हराएको एउटा सपना (तस्वीरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मिरर’ को मञ्चन सुरु भएको छ । यो नाटक हाम्रो समयको परिप्रेक्ष्यलाई उजागर गर्ने सजीव चित्रण हो । जहाँ परम्परा र आधुनिकता एक अर्कासँग ठोक्किन्छन् ।

र्‍याप र हिप-हप संगीतमा आफ्नो पहिचान बनाउने सपना देखेको एक युवा र परम्परागत सोच भएका उनका बुवाबीचको सपनाको द्वन्द्व र अपेक्षाको टकराव नै ‘मिरर’ नाटकको मूल कथा हो ।

साउन १८ देखि मञ्चन सुरु भएको नाटकमा विशाल बुढाथोकी, स्वर्णिम चाम्लिङ, दिग्गज खत्री, प्रशम्सा शिवाकोटी, विक्की खड्का, मनिष पुडासैनी र हेमन्त खड्काको अभिनय रहेको छ । आदन बत्रीले लेखेका नाटकलाई सुशन बस्नेतले निर्देशन गरेका छन् ।

नाटक ‘मिरर’ साउन २७ सम्म सोमबार बाहेक हरेक दिन दिउँसो ४ बजे र शनिबार १२ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved