मकबुल बनिन् बिग बोस ओटीटी ३ को विजेता

नेपालभ्युज

मकबुल बनिन् बिग बोस ओटीटी ३ को विजेता

काठमाडौं । मोडल तथा अभिनेत्री स‍ाना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा स‍ानाले र्‍यापर नाजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।

र्‍यापर नाजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप भएका छन् । जबकि कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ फाइनलबाट बाहिर भइसकेका थिए ।

इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा स‍ानाले भनिन्, ‘म शोको पहिलो दिनदेखि नै ट्रफी जित्न चाहन्थें र निरन्तर प्रयासरत थिएँ । आज जब मैले यो जितेको छु, म धेरै आभारी छु र म आफैंलाई बढी सम्मान गर्छु। घरका सबैले मलाई कमेन्ट गरिरहे तर, आज मैले यो ट्रफी जितेर सबैको जवाफ दिएको छु ।’

स‍ाना तीन कारणले शोमा चर्चामा रहिन् । र्यापर नाजीसँगको उनको मित्रता, रणवीर शोरीसँगको उनको रमाइलो सम्बन्ध र युट्युबर शिवानी कुमारीसँगको बहस ।

स‍ाना बिग बोस ओटीटीमा आउनुअघि ‘खतरों के खिलाडी ११’को प्रतियोगी पनि थिइन् । उनले कितनी मोहब्बत है २ र इस प्यार को क्या नाम दूँ जस्ता टिभीमा धेरै शो गरिसकेकी छन् ।

उनले सन् २०१४ मा तेलुगु फिल्म डिक्कुलु चुडाकु रमैयाबाट साउथ डेब्यू गरेका थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved