मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौं : कमल थापा

नेपालभ्युज

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम व्यथिति, विकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।

“भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन”, थापाले भने । अहिलेको व्यवस्था असफल साबित भइसकेको अब विकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।

मुलुकलाई सही दिशा दिनको लागि आन्दोलनको विकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

देशव्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आवश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिवेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved