यसपालिको तीज गीत : शान्तिश्रीको ‘काली पसम की’ले छायो बजार, विष्णु माझीको गीतको पर्खाइ

अघिल्लो साल भने विष्णु माझीलाई उछिन्दै शान्तिश्री परियार चम्किइन् । अहिले सार्वजनिक भएका गीतहरूमध्ये शान्तिश्री परियारको ‘काली पसम की’ विशेष चर्चामा छ भने विष्णु माझीको गीत आउनै बाँकी छ । यसपालि कस्को गीतले बाजी मार्ला केही दिन प्रतीक्षा गर्नैपर्ने छ ।

नेपालभ्युज

यसपालिको तीज गीत : शान्तिश्रीको ‘काली पसम की’ले छायो बजार, विष्णु माझीको गीतको पर्खाइ

काठमाडौं । महिलाहरूको महान चाड, हरितालिका तीजको आगमन नजिकिँदै छ । साउन महिनासँगै तीज विशेष गीतहरूको बाढी आएको छ र युट्युबमा तीज गीतहरूको सङ्ख्या पाँच दर्जन नाघिसकेको छ ।

नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय  गायिका विष्णु माझीको तीज गीत सिग्नेचर ब्रान्डसमेत हो तर उनको गीत यसपालि एउटै आएको छैन । शान्तिश्री परियारसहितका दर्जनौँ कालाकारका दर्जनौँ गीत आइसक्दा पनि आएको छैन । विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन् ।

उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ । लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।  उनले ‘पुतलीको भट्टी’को भाग १९ सम्म ल्याएकी छन् ।

२०७८ भदौमा आएको ‘चरी जेलैमा भाग १’, २०७९ भदौमो ‘चरी जेलैमा भाग २’, उनले ल्याइन् । गतवर्ष २०८० भदौमा संघारमा  रहेका बेला उनको स्वर समावेश तीज गीत ‘बलमा’ युट्युबमा सार्वजनिक भएको थियो ।

अरू बेलामा गीत नआए पनि तीजमा गीत ल्याइरहने भएकाले विष्णु माझीको गीतको अधैर्य पर्खाइमा रहेका फ्यानहरूलाई अघिल्लो तीजको मुखमा निराश हुन दिइनन् । यसपालि पनि उनी गीतको तयारीका रहेको बुझिएको छ ।

२०७८ सालमा तीज गीत ‘चरी जेलैमा’ रिलिज गरेलगत्तै चर्चामा आयो । त्यो सालको तीज ‘ब्लकबस्टर’ गीत त्यही भयो । २०७९ मा पनि ‘चरी जेलैमा भाग २’ आयो । सोही भाका अघिल्लै साल चर्चामा आइसके पनि दर्शक स्रोतले खासै पुरानो मानेनन् ।

भोजपुरीभन्दा छाडा तीजगीत: अश्लील गीतको प्रतिस्पर्धामा शान्तीश्रीदेखी राजेश हमालसम्म

‘चरी जेलैमा’ गीत त चर्चामा मात्र आएनन्, विष्णु माझीकै जीवनमा मेल खाने भन्दै सामाजिक सञ्जाल नै ततायो । उनलाई परिवारले बन्धनमा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी परेको थियो ।

२०८० को तीज गीतमा भने विष्णु माझीको गीतलाई टप्दै शान्तिश्री परियारको गीत ‘अरेली काँडैले मलाई च्वास्स् च्वास्स्’ सुपरहिट भयो । नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय नाम विष्णु माझीका गीत नै प्राय तीजमा सुपरहिट हुन्थे ।

अघिल्लो साल भने विष्णु माझीलाई उछिन्दै शान्तिश्री परियार चम्किइन् । यसपालि कसको गीतले बाजी मार्ला हेर्न बाँकी  छ । अहिले सार्वजनिक भएका गीतहरूमध्ये शान्तिश्री परियारको ‘काली पसम की’ विशेष चर्चामा छ भने विष्णु माझीको गीत आउनै बाँकी छ ।

यस वर्ष तीज गीतका क्षेत्रमा प्रमुख योगदान गर्ने पाँच सर्जकको चर्चा गर्नेछौ । जसका कारण तीजको उल्लासलाई अझै बढाएको छ ।

शान्तिश्री परियार

सर्वाधिक लोकप्रिय लोक गायिका शान्तिश्री परियार पछिल्लो समय तीज गीतको प्रमुख सर्जक बनेकी छन् ।

यो वर्ष शान्तिश्रीले एक दर्जन भन्दा बढी तीज गीत गाइसकेकी छन्, जसमा ‘काली पसम की’ विशेष चर्चामा छ ।

यो गीत २१ लाख भ्युज प्राप्त गरिसकेको छ र म्युजिकतर्फको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ। यद्यपि, उनको ‘बिस्ताराले पोल्यो’ बोलको तीज गीतको आलोचना भएको छ र उनले सामाजिक सञ्जालमा माफीसमेत माग्नुपरेको छ।

सुनिता बुढा क्षेत्री

लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्रीको तीज गीतमा अत्यधिक माग छ। उनले यस वर्ष युट्युबमा धेरै तीज गीतहरू प्रस्तुत गरेकी छन् । ‘झमझम झम्काना’, र ‘रमाउने नि हो कमाउने हो’ जस्ता गीतहरूले दर्शकका धेरै माया पाएका छन् ।

सुनिताका ‘बिजुली चमक्क’, ’सीताका माइती’, ‘गुल्मेलीको नाच’, र ‘रहेरैमा’ जस्ता तीज गीत युट्युबमा अत्यधिक रुचाइएको छ । उनले यसपालि गाएकी तीन दर्शन गीतमध्ये एक दर्जन सार्वजनिक हुन बाँकी छ ।

आउन थाले तीज गीत, शान्तिश्रीको ‘काली पसम कि’ले मच्चाउँदै तहल्का

पशुपति शर्मा

लोकगायक पशुपति शर्मा पनि तीज गीतका लागि निकै प्रसिद्ध छन् । उनले आफ्ना सिर्जनासहित अरुकाका तीज गीत पनि गाएका छन् । यस वर्ष उनले १५ देखि २० वटा तीज गीत गाइसकेका छन ।

उनका ‘मै लुरी’ र ‘मलाई त मन पर्छ केरे’ जस्ता गीतहरू युट्युबमा लोकप्रिय भएका छन् । ‘मै लुरी’ लाई १३ लाख भन्दा बढी भ्युज प्राप्त भएको छ ।

खेम सेन्चुरी

पछिल्ला वर्ष तीज गीतमा निकै लोकप्रिय रहेका गायक खेम सेञ्चुरी पनि यस वर्षको तीज गीतहरूको क्षेत्रमा प्रमुख नाम हुन् । तर, अघिल्लो सालको तुलनामा थोरैमा स्वर दिएका छन् ।

उनले अघिल्लो साल ‘कमाउने नि हो’ जस्ता चर्चित गीत दिएका थिए् । यसपालि उनले चारपाँच तीज गीतहरू युट्युबमा सार्वजनिक गरेका छन्। यसपाली उनले ल्याएको ‘तिमीलाई पछ्यौरी किनिदिऊँला’ र ‘तीजै रमाइलो’ जस्ता गीतहरूले पनि दर्शकको मन जितेका छन् ।

खुमन अधिकारी

लोकदोहोरी गायक खुमन अधिकारी लामो समयदेखि तीज गीत गाउँदै आइरहेका छन् । यस वर्ष उनले १२ भन्दा बढी तीज गीत गाइसकेका छन् ।

यसवर्ष खुमनका ‘जिन्दगीको मजा’, ‘हाम्रो पनि दिन आउला’, र ‘कुर्ता नि सुहाउँछ’ गीतहरूले युट्युबमा राम्रो भ्युज बटुलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved