कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

नेपालभ्युज

कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो । घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved