बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

नेपालभ्युज

बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत् ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-२ घर भएका २१ वर्षिय शुभम साह र सोही जिल्लाका गौर नगरपालिका-३ का २३ वर्षिय सत्यमकुमार सहनी छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपहरूबाट ईसेवा वालेटलगायत विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरूविरूद्ध प्रहरीमा २२ जनाले उजुरी दिएका छन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved