नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न रञ्जन पक्राउ

नेपालभ्युज

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न रञ्जन पक्राउ

काठमाडौं । मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रन्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उक्त घटनामा यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरिएको थियो ।

विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । विनोदको दिदि सबितालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रामण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved