च्यासलस्थित एमाले मुख्यालयमा बाढी पस्यो, घाम लागेसँगै काठमाडौंका नदीमा जल सतह घट्दै

नेपालभ्युज

च्यासलस्थित एमाले मुख्यालयमा बाढी पस्यो, घाम लागेसँगै काठमाडौंका नदीमा जल सतह घट्दै

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ । मंगलबार रातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।

बाढी कार्यालय भित्र पसेको छ । आसपासको सडक पनि बाढीले हिलाम्ये भएको छ । खोलामा जल सतह बढ्दा पुल माथि नै बाढी बगेको छ ।

रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

काठमाडौंमा घाम लाग्न सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव पनि क्रमश घट्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved