केन्द्रीय समिति बैठकपछि प्रचण्ड देशव्यापी भ्रमणमा जाने

नेपालभ्युज

केन्द्रीय समिति बैठकपछि प्रचण्ड देशव्यापी भ्रमणमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापी भ्रमणमा जाने भएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकमा उनले यस्तो इच्छा राखेका हुन् ।

‘माओवादीको कहीँ न कहीँ जनतासँगको कडी टुटेको थियो । यो जनतामा जाने ठूलो अवसर पनि हो । एकपटक म देशव्यापी भ्रमणमा जान्छु । ’ उनले बैठकमा भनेका थिए ।

अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘उहाँ केन्द्रीय समिति बैठकपछि देशभर जानुहुन्छ ।’

साथै, बैठकले स्थायी कमिटी बैठक साउन २६ गतेका लागि आह्वान गरेको छ । त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved