खीर खाएर साउन १५ मनाइँदै, स्वास्थ्यका लागि खीर राम्रो हुने चिकित्सकको सुझाव

नेपालभ्युज

खीर खाएर साउन १५ मनाइँदै, स्वास्थ्यका लागि खीर राम्रो हुने चिकित्सकको सुझाव

काठमाडौं । आज साउन १५ गते । खीर खाएर यो पर्व मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ मा दही चिउरा खाने प्रचलन छ भने साउने झरीका बेला साउन १५ गते खिर खाने गरिन्छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले खीर खाने प्रचलनले निरन्तरता पाएको हो ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् रामचन्द्र गौतमको भनाई छ ।

यद्यपि खीर खाने प्रचलनको कुनै शास्त्रीय मान्यता भने छैन ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।

२०७७ साल फागुन १५ गतेदेखि साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved