गोरखाको धार्चे पहिरो : ३ जनाको शव फेला, २ जना अझै बेपत्ता

नेपालभ्युज

गोरखाको धार्चे पहिरो : ३ जनाको शव फेला, २ जना अझै बेपत्ता
सांकेतिक स्केच

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार गएको पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव सोमबार फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव फेला परेको हो ।

शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको थियो । उक्त शव पनि पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो र प्रहरीले उक्त शव कान्छीमायाको भएको पुष्टि गरेको छ ।

आइतबार बिहान करिब तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved