नेताहरुको जिम्मेवारी व्यवस्थापन गर्न एमालेले सचिवालय बैठक बोलायो

नेपालभ्युज

नेताहरुको जिम्मेवारी व्यवस्थापन गर्न एमालेले सचिवालय बैठक बोलायो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । बैठक साउन १७ गते बिहिबार बस्नेछ ।

नेताहरुको कार्यविभाजन र पार्टीको आन्तरिक सुदृढीकरणका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने गौतमले बताए ।

त्यस्तै बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved