निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश

नेपालभ्युज

निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धरौटी तारेखमा रिहा गर्न आदेश दिएको हो ।

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved