साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार, कस्तो छ अवस्था ?

नेपालभ्युज

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार, कस्तो छ अवस्था ?
सांकेतिक तस्वीर

काठमाडौं । साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ ।

लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।

घाइते हुनेमा ३३ वर्षीय र अर्का २५ वर्षीय युवक छन् । उनीहरूको परिचय खुलाइएको छैन ।

हाल  उनीहरुको लिमासोल जनरल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।

अहिलेसम्म कसले छुरा प्रहार गरेको खुलेको छैन । अफ्रिकी मूलको व्यक्तिले घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ । लिमासोल सीआईडीले घटनाको अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved