गोरखा पहिरो : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी कार्य जारी

नेपालभ्युज

गोरखा पहिरो : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी कार्य जारी

गोरखा । धार्चेको रेसेफाँटमा पहिरो खस्दा घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

३५ वर्षीय दिलिप गुरूङ र २७ वर्षीय थमबहादुर गुरूङलाई कैलाश एयरको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान तीन बजेतिर स्थानीय जीतबहादुर गुरूङको कृषि फर्म र एउटा घर पहिरोले बगाएको थियो ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती ३५ वर्षिया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, ३३ वर्षीय रमेश गुरूङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता छन् ।

एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर उनीहरूको खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

सोही पहिरोमा पुरिएर दिलिप र थमबहादुर घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved