कालोपुलमा चोरी, नगद र गहना चोरेर भाग्दै गर्दा पक्राउ

नेपालभ्युज

कालोपुलमा चोरी, नगद र गहना चोरेर भाग्दै गर्दा पक्राउ

काठमाडौं । नुवाकोट विदुर नगरपालिका १७ निवासी तथा काठमाडौं महानगरपालिका १६ ठमेल बसोबास गर्ने १९ वर्षीय विकेश शाहीलाई चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

शाहीले काठमाडौं महानगरपालिका ५ कालोपुलमा डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिकाका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

चोरीपछि भाग्न खोज्दा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले उनलाई उक्त गरगहना सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved