टिप्परको ठक्करबाट भक्तपुरमा एक युवाको मृत्यु, अर्का एक घाइते

नेपालभ्युज

टिप्परको ठक्करबाट भक्तपुरमा एक युवाको मृत्यु, अर्का एक घाइते

काठमाडौं । भक्तपुरमा टिपरले ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भक्तपुरको ठिमीमा टिप्परले शनिबार राति मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार २० वर्षीय सन्जिव थापामगरको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालक काभ्रेको मण्डनदेउपुरका २८ वर्षिय राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved