त्रिशूलीमा हराएको बस र यात्रु खोज्न नेपाल आएको भारतीय उद्दार टोली फर्किने , ४३ यात्रु र बस अझै भेटिएनन्

नेपालभ्युज

त्रिशूलीमा हराएको बस र यात्रु खोज्न नेपाल आएको भारतीय उद्दार टोली फर्किने , ४३ यात्रु र बस अझै भेटिएनन्

काठमाडौं । अनवरत खोजी प्रयास जारी राख्दा पनि बस र यात्रु नभेटिएपछि त्रिशूली नदीमा खटिएको भारतीय उद्दार टोली फर्किने भएको छ ।

९ दिनदेखि सिमताल पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोजी रहेको भारतीय उद्धार टोली आज फर्किने भएको हो ।

एक साताका लागि नेपाल आएको भारतीय टोलीले सक्दो प्रयास गरेपनि उपलब्धी नभएपछि फर्किने भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले धन्यवादसहित १२ जनाको उद्धार टोलीलाई विदाइ गर्ने कार्यक्रम बनाएको छ । यसैबीच नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा देखिएको रातो वस्तु हराइरहेको बस नभएको पुष्टि भएको छ ।

शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो ।

गत असार २८ गते दुई वटा बस त्रिशूलीमा बगेका थिए ।

दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।

बेपत्तामध्ये १९ जनाको शव भने भेटिएको छ । अन्य यात्रु अझै भेटिएका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved