बागमती : शपथ नलिदैँ प्रभातलाई मन्त्रीबाट हटाइयो

नेपालभ्युज

बागमती : शपथ नलिदैँ प्रभातलाई मन्त्रीबाट हटाइयो

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गी नियुक्त भएकी छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमलले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तर, बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका प्रभात तामाङ भने शपथ नलिदैँ हटाइएका छन् । उनको पाएको मन्त्रालय कुन्दन राज काफ्लेले पाएका छन् ।

मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार कांग्रेसबाट सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, तामाङलाई आर्थिक मामिला तथा योजना, मिनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर, शनिबार तामाङ हटाएर हरि प्रभालाई मन्त्री बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved