रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, उपसभामुख रानाका विषयमा पनि छलफल हुने

नेपालभ्युज

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, उपसभामुख रानाका विषयमा पनि छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । मुकुल ढकाललाई महामन्त्री र पार्टी प्रवक्ताबाट बर्खास्त गरेपछि पहिलो पटक रास्वपा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

रानामगरले ५ जनाको भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् ।

त्यसबाट उनी विवादमा तानिएकी थिइन् । रास्वपाले भने रानाको खुलेर बचाउ गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved