विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

नेपालभ्युज

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव छन् ।

आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved