प्राधिकरण भन्छ – जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो

नेपालभ्युज

प्राधिकरण भन्छ – जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको पाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा विमानस्थलबाट पोखराका लागि उडेको थियो ।

दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रूको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु
सौर्य जहाज दुर्घटना: यी हुन् विमानमा सवार इन्जिनियर तथा प्राविधिकहरू
दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved