सरकारबाट बेदाग भएर निस्किएको प्रचण्डको दाबी

नेपालभ्युज

सरकारबाट बेदाग भएर निस्किएको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन् ।

कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको बताएका हुन् ।

उनले अरुलाई जस्तो आफुलाई न ओम्नी न गिरिबन्धु कतै बाट पनि दाग नलागेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने भन्दै सचेत रहन कार्यकर्तालाई निर्देशन दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved