काठमाडौं । एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजीनामा दिएका छन् ।
संसदीय दलको नेतालाई बाइपास गरेर नेताको मौखिक निर्देशनमा पार्टीको विधी पद्दती विपरित मुख्यमन्त्री बनाएको भन्दै गिरीले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएपनि कुनै प्रतिक्रिया नपाएकोे गिरीले बताए ।
यसअघि अध्यक्ष ओलीलाई मुख्यमन्त्री सिफारिशका विषयमा मौखिक गुनासो गर्दा यसपाली यस्तै भयो अर्को पटक सोचौंला भन्दै ओलीले जवाफ दिएपछि गिरी राजनीमा दिने मुडमा पुगेका थिए ।
मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी अमुक नेताको चाहनामा पार्टीको विधान मिचिएको गिरीको आरोप छ ।
महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट भएका हुन् ।
गिरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरिरहदा अचानक आचार्यलाई अघि सारिएपछि गिरी निराश बनेका हुन् ।
मुख्यमन्त्री आचार्यको सपथ समारोहमा समेत गिरी अनुपस्थित भएका थिए ।
एमालेले अहिलेसम्म संसदीय परम्परा अनुसार दलको नेता नै मुख्यमन्त्री बनाउँदै आएको थियो । लुम्बिनीबाट त्यो परम्परा भत्किएको छ ।
Facebook Comment
Comment