कुलेश्वर दुर्घटना : कार चालकले खाएका थिए लागुऔषध

नेपालभ्युज

कुलेश्वर दुर्घटना : कार चालकले खाएका थिए लागुऔषध

काठमाडौं । बल्खुमा तीन जना पैदलयात्रीलाई ठक्कर दिने कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चालक भुपेन्द्र श्रेष्ठले लागुऔषध सेवन गरेर कार चलाएको खुलेको छ ।

सोमबार साँझ बा११च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन यात्रुलाई ठक्कर दिएको थियो ।

घटनामा भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने १८ वर्षिय प्रियन्सु कुमार, कुलेश्वरका २५ वर्षिय भोला कुमार र १९ वर्षिय श्याम बाबु ठाकुर घाइते भएका थिए । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा औषधिजन्य लागुऔषध बेन्जोडियाजेपाइन्स सेवन गरेको पाइएको हो । साथै, कारभित्रबाट नाइट्राभेट पनि भेटिएको छ ।

प्रहरीले लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिई सवारी अंगभंग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved