सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प, सेवाग्राही लाइनमै

नेपालभ्युज

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प, सेवाग्राही लाइनमै

काठमाडौं । सरकारी सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानैदेखि सर्भरमा समस्या आएकाले सेवाग्राही समस्यामा छन् ।

देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ । सेवाग्राही लामो लाइनमा उभिइरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालय कामकारबाही प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले भने, ‘‘सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved