काठमाडौं । इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त निर्णय गरिएको हो ।
उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा।डा। रामनन्दन पी।चौधरीको विशेष उपस्थिति रहेको थियो ।
यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप ९ग्लोबल स्मार्ट प्लस० प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ।पी।डी लगायतका सेवाहरू साथ–साथ आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
Facebook Comment
Comment