६ लाख घुससहित लेखा अधिकृत पक्राउ

नेपालभ्युज

६ लाख घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं । चितवनको वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन् ।

औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका –४ कटहरचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved