काठमाडौं – मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा, सवारी साधन गन्तव्य तर्फ लागे

नेपालभ्युज

काठमाडौं – मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा, सवारी साधन गन्तव्य तर्फ लागे
फाइल तस्वीर

काठमाडौं । पहिरो पन्छाएपछि काठमाडौं – मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको हो ।

फिस्लिङमा सोमबार बिहान पौने ५ बजेतिर पहिरो खस्दा दुवै तर्फ यातायात आवागमन अवरुद्ध भएको थियो । पहिरो बिहान ८ बजे पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

डोजर प्रयोग गरेर पहिरो पन्छाइएको थियो । ठूलो वर्षा नभएकाले बाटो पन्छाउन धेरै समय नलागेको हो ।

पहिरो पन्छाएपछि यातायातका साधनहरु गन्तव्य तर्फ लागेका छन् ।

दुईघण्टा भन्दा बढी समय राजमार्ग अवरुद्धहुँदा सयौं सवारीसाधनको लामो लाइन लागेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved