सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : देउवा

नेपालभ्युज

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले संविधान संशोधन गरी गणतन्त्र र समावेशितालाई सबल बनाउने बताएका हुन् ।

सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएको देउवाको भनाइ छ ।

‘संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ । यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने ।

सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved