घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved