एसिया कप महिला क्रिकेटमा नेपाल आज पाकिस्तानविरुद्ध मैदान ओर्लिदै

नेपालभ्युज

एसिया कप महिला क्रिकेटमा नेपाल आज पाकिस्तानविरुद्ध मैदान ओर्लिदै

काठमाडौं । एसीसी एसिया कप महिला क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा साँझ सवा ७ बजे सुरु हुनेछ ।

पाकिस्तान पहिलो जितको खोजीमा नेपालसँग भिड्दैछ भने नेपाल दोस्रो जितको खोजिमा हुनेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित दर्ता गरिसकेको छ ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार दोस्रो जितको खोजीमा छ । यी दुईबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved