महालक्ष्मी नगरले योग साधनालाई विशेष महत्व दिने

नेपालभ्युज

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभु योग साधना केन्द्रले छैठौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

लुभुमा शनिवार आयोजित कार्यक्रममा लुभुसहितका विभिन्न नगरका पतञ्जली योग समितिका योग प्रशिक्षक तथा साधकहरुको सहभागिता थियो ।

स्वस्थ्य जीवनले स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्य अनुरुप योग साधना केन्द्रले लुभुमा नियमित योग प्रशिक्षण सञ्चालन गर्दै आएको संयोजक सानु श्रेष्ठले बताइन् ।

कार्यक्रममा महालक्ष्मी नगरका प्रमुख हरि गोबिन्द श्रेष्ठ, उप प्रमुख लक्ष्मी महर्जन, वडा नम्बर ८ का वडा अध्यक्ष बिश्वराज श्रेष्ठले सम्वोधन गरेका थिए ।

मेयर श्रेष्ठले योगलाई व्यवस्थित र सुरक्षित बनाउन योग भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।

महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्ष नविन्द्रदेव सिंहले योग साधना केन्द्रलाई ३० हजार रुपैयाँ बराबरको म्याट कभर सहयोग गरेका छन् ।

केन्द्रले कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved