काठमाडौं । नेपाल सरकारले बंगलादेशमा कोटाविरोधी प्रदर्शन चर्कंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई फर्काउने प्रक्रिया सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सामाजिक संजालमार्फत सम्बन्धित परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरुलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिए
‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो’ उनले लेखेका छन् ‘परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको समेत बताएका छन् ।
Facebook Comment
Comment