बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

नेपालभ्युज

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ,‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’

यस्तै मन्त्रालयले कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved