रुवान्डामा कागामे राष्ट्रपतिमा पुनः निर्वाचित

नेपालभ्युज

रुवान्डामा कागामे राष्ट्रपतिमा पुनः निर्वाचित

एजेन्सी ।  बिहीबार प्रकाशित अन्तिम परिणामअनुसार रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन् ।

सोमबार भएको मतदानको नतिजामा उनले जित्नेछ भन्नेमा कुनै सन्देह थिएन । कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गरेका छन् ।

तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा उनले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेका थिए ।

राष्ट्रिय निर्वाचन आयोगका अनुसार डेमोक्रेटिक ग्रिन पार्टीका नेता फ्र्याङ्क अबिनेजाले सोमबार भएको मतदानमा शून्य दशमलव पाँच प्रतिशतमात्र मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानालाई शून्य दशमलव ३२ प्रतिशत मत हासिल भएको छ ।

धेरै विपक्षीहरूलाई प्रतिबन्ध लगाइएपछि यस वर्ष उम्मेदवार हुन स्वीकृत यी दुई जनाले सन् २०१७ को निर्वाचनमा पनि कागामेलाई चुनौती दिएका  थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved