महाङ्काल भैरव र पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठापन हुँदै

नेपालभ्युज

महाङ्काल भैरव र पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठापन हुँदै

काठमाडौँ। बौद्ध महाकाल मा हालै निर्माण गरिएको भगवान् महाङ्काल  र बौद्ध धर्म गुरु पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठापनको लागी साधना पूजा हुन लागेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा निर्मित महाङ्काल भैरव र गुरु पद्मसम्भवको प्रतिमा र साधना प्रतिष्ठापन पूजा यही साउन ५, ६, ८ र ९ गते गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय सङ्घसंस्थाहरू रहने गरी समारोह समिति गठन गरी विभिन्न जिम्मेवारी समेत विभाजन गरिएको छ।

निर्धारित कार्यक्रम अनुसार साउन ५ गते शनिवार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ। त्यसै गरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ।

यस्तै, ८ र ९ गते हिन्दु धर्म ,बौद्ध धर्म र बज्राचार्य गुरुहरूबाट परम्परा अनुसार ट महाङ्काल मूर्तिको प्राण प्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved