उपसभामुखको पत्रबारे रास्वपामा चर्चा, प्रमुख सचेतक परियार र सभामुखबीच संवाद

नेपालभ्युज

उपसभामुखको पत्रबारे रास्वपामा चर्चा, प्रमुख सचेतक परियार र सभामुखबीच संवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमि भएकी उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रबारे रास्वपाभित्र चर्चा सुरु भएको छ ।

उपसभामुख रानाले ५ जना व्यक्तिलाई अमेरिकाको भिसा दिलाउनका लागि उपसभामुखको लेटरहेडको प्रयोग गर्दै राजदूतलाई सिफारिसपत्र पठाएका थिए, जसको अहिले आलोचना भइरहेको छ ।

यसबारे रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुख देवराज घिमिरेसँग जिज्ञासा राखेका थिए । जवाफमा सभामुख घिमिरेले आफूलाई जानकारी नभएको बताए ।

प्रमुख सचेतक परियारले भने, “मैले सभामुखज्यूसँग जिज्ञासा राखेको थिएँ, उहाँले आफूलाई जानकारी नभएको बताउनुभयो । यसबारे थप बुझ्ने प्रयास गरिरहेका छौँ ।”

उपसभामुख रानाले सिफारिस गरेको व्यक्तिहरूले भिसा भने पाएका छैनन् । एक पीडितको दाबीअनुसार केही व्यक्तिहरूले उपसभामुख रानाको नाम लिएर भिसा प्राप्त गर्नका लागि प्रतिव्यक्ति १० लाखका दरले पैसा तिर्न भनिएको थियो ।

उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved