साउने रौनक : हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा, किनमेलको चहलपहल (फोटोहरू)

साउने रौनक : हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा, किनमेलको चहलपहल (फोटोहरू)

काठमाडौं। श्रावण महिना सुरू भएसँगै हिन्दू महिलाहरूले हातमा मेहेन्दी, चुरा र गलामा हरियो पोते लगाउने गर्दछन् ।

हिन्दू धर्मशास्त्रमा श्रावण महिनालाई भगवान् शिवको महिना मानिन्छ । शिवको आराधना र व्रत गरिने यस महिनाभर महिलाहरूले हातमा मेहेन्दी लगाउनुका साथै विवाहितहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् ।

हिन्दु महिलाहरूमा हरियो पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमानको दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने विश्वास समेत रहिआएको छ।

श्रावण महिना लागेसँगै काठमाडौँको विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका चुरापोते पसलमा महिलाहरूको भिड लागेको छ । सडक छेउछाउमा बसेर मेहेन्दी लगाइदिनेहरू पनि थुप्रै भेटिन्छन्।

तस्वीरहरू:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved