सुनील पौडेलले सिंगापुरको बैंकमा पैसा राखेको खुलासा, अदालतमा मुद्दा दायर

नेपालभ्युज

सुनील पौडेलले सिंगापुरको बैंकमा पैसा राखेको खुलासा, अदालतमा मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुनील पौडेलविरूद्ध अवैध विदेशी विनिमयसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको छ ।

विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्थाविरूद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार डलर जम्मा गरेको पाइएको विभागले उजुरीमा उल्लेख गरेको छ ।

अनुसन्धानपछि विभागले पौडेलविरूद्ध उक्त रकमको कानुनानुसार तीन गुणा बढी अर्थात् दुई करोड ३२ लाख ३७ हजार ७०० रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

पौडेलविरूद्ध मुद्दा दायर गरिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनी यसअघि नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत वर्षको असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गएको वैशाखमा विशेष अदालतले उनलाई नौ वर्ष जेल र २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासहितको सजाय सुनाएको थियो । अरू आठ आरोपितले सफाइ पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved