साउनको लागि कुन बैंकको ब्याजदर कति ? 

नेपालभ्युज

साउनको लागि कुन बैंकको ब्याजदर कति ? 

काठमाडौं । साउन महिनाको लागि सबै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश वाणिज्य बैंकहरुले घटाएका हुन् ।

असार महिनामा बैंकहरुको औसत ब्याजदर ६.८६ प्रतिशत कायम रहेको थियो भने साउनमा ०.१३ प्रतिशतले औसत घटेर ६.७३ प्रतिशतमा पुगेको छ ।

साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले निक्षेप ब्याजदर घटाएका छन् भने ५ बैंकहरु लक्ष्मी सनराइज बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर असार महिनाकै ब्याजदर कायम गरेका छन् ।

२ बैंकहरु एनएमबी र एनआईसी एशिया बैंकहरूको ब्याजदर ७.५३ प्रतिशत रहेको छ । यो नै साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved