गायक अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई कैद फैसला

नेपालभ्युज

गायक अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई कैद फैसला

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने आठ जनालाई जेल सजायको फैसला भएको छ ।

आइतबार विशेष अदालत काठमाडौंका सदस्यहरू डा. खुसीप्रसाद थारू, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सो फैसला गरेको हो । जसमा २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरिएको छ ।

बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र जनही ७ करोड ६० लाख रूपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद र जनही ७ करोड ६० लाख रूपैयाँ जरिवाना गरिएको छ ।

र, रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ ।

उनीहरूको अमात्यको बारामा रहेको १२ विगाहा जग्गाको कागजात कीर्ते गरेर धितो राखी कुमारी बैंकको बारा शाखाबाट १९ करोड रूपैयाँ ऋण लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved